सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको कमल थापालाई आफ्नो निणॅयमा पुनबिचार गनॅ आग्रह

442
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

oil ad long

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारीको बैठकले उक्त आग्रह गरेको हो । राप्रपाले अनपेक्षित तथा अप्रत्यासितरूपमा व्यक्तिगत तवरले थापाले पार्टीबाट अलग हुने भनी घोषणा गरेको भन्दै दु:ख जनाएको छ ।

‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ । राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छ’, प्रवक्ता मोहन श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ । साथै आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका साथीहरूलाई हार्दिक आह्वान गर्दछ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports