सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको जिल्ला अध्यक्षमा नेउपाने चयन

507
shares

कपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो ।

काेराेना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएकाे छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन्।

oil ad long

कोरोनाको संक्रमण भएका जिल्ला नेता कार्यकर्ता संक्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधबार जिल्ला नेतृत्व चयन गरिएको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘अध्यक्षमा रामप्रसाद पक्का भएका छन् । घोषणा चाँहि एक बजे मात्रै गर्ने कार्यक्रम छ’, उनले भने ।

जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports