सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनाव घोषणा पछि शेयर बजार सुधार नहुँदा पेनिक सेल, २२ अंकको गिरावट

637
shares

चुनाव घोषणा पछि बजार सुधार हुने अपेक्षामा शेयर खरिद गर्नेहरुले आत्तीएर बिक्री गर्दा बजार घट्न थालेको छ । चुनाव घोषणा पछि नेप्से सूचकले यस भन्दा अगाडीको अधिकतम विन्दुलाई उछिन्ने हल्लाको पछाडी लागेर शेयर खरिद गर्नेहरुले नै मंगलबार र बुधबार शेयर बिक्री गरेका छन् । हल्ला अनुसार मंगलबार  बजार बढ्नुको सट्टा उल्टै घट्न थाले पछि बुधबार अल्पकालिन लगानीकर्ताले आत्तीएर शेयर बिक्री गरेका छन् ।

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चुनाव गर्ने निर्णय गरेको हो । विगत दुई तीन सातादेखि चुनाव घोषणा हुने हल्लाले शेयर बजार लगातार बढिरहेको थियो । तर चुनाव घोषणा पछि शेयर बजारमा करेक्सन आउने भन्दै संस्थागत लगानीकर्ता तथा अल्पलिन लगानीकर्ताले नाफा बुक गरेका छन् । यसरी नाफा बुक हुँदा मंगलबार नेप्से सूचक ६० अंक भन्दा धेरैले सुधार हुँदा पनि अन्तिममा १६ अंकले घट्यो ।

ime long ad

बुधबार पनि कारोबार खुलेदेखिनै बजार घट्न थालेको थियो । यस अवधिमा संस्थागत तथा अल्पलिकालिन लगानीकर्ताले नाफा बुक गरेका छन् । बजार सोचे अनुसार करेक्सन नभए पछि तिनै लगानीकर्ताले अन्तिममा शेयर उठाएको हुँदा बिहीबार भने शेयर बजारमा केहि सुधार हुने संकेत देखिएको छ । अर्को तर्फ मासिक रुपमा किस्ता तथा व्याज तिर्नेले पनि आजसम्म शेयर बिक्री गर्नेले भ्याउछन् । अव भोलिदेखि बजारमा खासै सेलिङ प्रेसर नआउने भएकाले बजार सुधार हुन सक्ने विश्लेषण गरिएको छ ।

बुधबार नेप्से सूचक २२.११ अंकले घटेर २८१३.४७ अंकमा रोकिएको छ । सूचकमा गिरावट आउदा कारोबार रकममा पनि भारी गिरावट आएको छ । संस्थागत लगानीकर्ता तथा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरे पनि अन्य लगानीकर्ताहरु भने अझै पर्ख र हेरको अवस्थामा छन् । यसले गर्दा बुधबार तीन अर्ब ४७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका शेयरधनीहरुले कमाएका छन् । कम्पनीको शेयर मूल्य ३.०८ प्रतिशतले बढेर ४०१ रुपैयाँ कायम भएको छ । त्यस्तै बुद्धभुमी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक धेरै कारोबार भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports