kumari
stcnepal

चुनाव घोषणा पछि शेयर बजार सुधार नहुँदा पेनिक सेल, २२ अंकको गिरावट

चुनाव घोषणा पछि बजार सुधार हुने अपेक्षामा शेयर खरिद गर्नेहरुले आत्तीएर बिक्री गर्दा बजार घट्न थालेको छ । चुनाव घोषणा पछि नेप्से सूचकले यस भन्दा अगाडीको अधिकतम विन्दुलाई उछिन्ने हल्लाको पछाडी लागेर शेयर खरिद गर्नेहरुले नै मंगलबार र बुधबार शेयर बिक्री गरेका छन् । हल्ला अनुसार मंगलबार  बजार बढ्नुको सट्टा उल्टै घट्न थाले पछि बुधबार अल्पकालिन लगानीकर्ताले आत्तीएर शेयर बिक्री गरेका छन् ।

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चुनाव गर्ने निर्णय गरेको हो । विगत दुई तीन सातादेखि चुनाव घोषणा हुने हल्लाले शेयर बजार लगातार बढिरहेको थियो । तर चुनाव घोषणा पछि शेयर बजारमा करेक्सन आउने भन्दै संस्थागत लगानीकर्ता तथा अल्पलिन लगानीकर्ताले नाफा बुक गरेका छन् । यसरी नाफा बुक हुँदा मंगलबार नेप्से सूचक ६० अंक भन्दा धेरैले सुधार हुँदा पनि अन्तिममा १६ अंकले घट्यो ।

ime long ad

बुधबार पनि कारोबार खुलेदेखिनै बजार घट्न थालेको थियो । यस अवधिमा संस्थागत तथा अल्पलिकालिन लगानीकर्ताले नाफा बुक गरेका छन् । बजार सोचे अनुसार करेक्सन नभए पछि तिनै लगानीकर्ताले अन्तिममा शेयर उठाएको हुँदा बिहीबार भने शेयर बजारमा केहि सुधार हुने संकेत देखिएको छ । अर्को तर्फ मासिक रुपमा किस्ता तथा व्याज तिर्नेले पनि आजसम्म शेयर बिक्री गर्नेले भ्याउछन् । अव भोलिदेखि बजारमा खासै सेलिङ प्रेसर नआउने भएकाले बजार सुधार हुन सक्ने विश्लेषण गरिएको छ ।

बुधबार नेप्से सूचक २२.११ अंकले घटेर २८१३.४७ अंकमा रोकिएको छ । सूचकमा गिरावट आउदा कारोबार रकममा पनि भारी गिरावट आएको छ । संस्थागत लगानीकर्ता तथा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरे पनि अन्य लगानीकर्ताहरु भने अझै पर्ख र हेरको अवस्थामा छन् । यसले गर्दा बुधबार तीन अर्ब ४७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका शेयरधनीहरुले कमाएका छन् । कम्पनीको शेयर मूल्य ३.०८ प्रतिशतले बढेर ४०१ रुपैयाँ कायम भएको छ । त्यस्तै बुद्धभुमी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक धेरै कारोबार भएको छ ।

footer