प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न

611
shares

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् ।

सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ ।तर, दुई मन्त्रीहरूले सम्मान नगरेको भन्दै उनले नियमापत्ति गरे । बैठकमा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो आसनमै बसिरहेर सभामुखलाई सम्मान प्रकट नगरेका हुन् ।

‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो’, महरले भने, ‘मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ ।’उनले अगाडि भने, ‘सभामुख बैठक पक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्छ भन्ने विषय नियमावलीमा उल्लेख छ । अघि बैठक सुरु गर्दै गर्दा सभामुख बैठकमा प्रवेश गर्दा २ मन्त्रीले सम्मान गर्नुभएको छैन । सभामुख आउँदा दुई जना मन्त्री बसिरहनु भयो । यसले हामीलाई चिन्तित बनाएको छ ।’

यसअघि संसदमै अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने ‘धम्की’ दिन पुगेका थिए । गत बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. वाग्लेले आफूलाई पनि प्रश्न गर्नेका काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने चेतावनी दिएपछि उनको अभिव्यक्तिको संसद बैठकमै विपक्षीहरूले विरोध जनाइरहेका छन् ।

यस्तै लम्सालले दुई दिनअघि ठेकेदारको ‘खुट्टा भाँच्ने’अभिव्यक्ति दिएर विवादमा तानिएका थिए । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए । उनको यस्तो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports