सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शाह हिमालयन जनरलको सियोमा नियुक्त

689
shares

हिमालयन जनरल इन्स्योरेन्सको सीईओ रहेका सुशील बज्राचार्यलाई कम्पनीले हिजो एक कार्यक्रम गरी विदाई गरेको छ । आफ्नो कार्यकाल छोट्याएर कम्पनीबाट बाहिरिएका बज्राचार्यको बुधवार कर्मचारीहरूले बिदाइ गरेका हुन् । त्यस्तै कम्पनीले नयाँ सीईओमा विजयबहादुर शाहलाई नियुक्त गरेको छ । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले बुधवार साँझ मात्रै स्वीकृति प्रदान गरेको छ । शाह एनएलजी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा सीईओ सम्हालिसकेका व्यक्ति हुन् ।

कम्पनीले सीईओ बज्राचार्यलाई ४ वर्षको लागि दोस्रो कार्यकालको लागी नियुक्त गरेको थियो तर कार्यकाल सकिन डेढ वर्ष अघिनै इन्स्योरेन्सबाट बाहिरिएका हुन् । शाहले फागुन १ गतदेखि हिमालयन जनरल इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने बताइएको छ । नेपाल इन्स्योरेन्सको सीईओ पदबाट ४ बर्से कार्यकाल सकेर गत साउन ९ गते बाहिरिएका थिए । शाहले ६ महिनाको कलिङ पिरियड सकेका हुन् ।

बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । कुशल व्यावसायिक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई व्यावसायिक कम्पनीका रूपमा रूपान्तरण गरेका थिए । सधैँ उचाइ छुन अभिप्रेरित गर्ने ऊर्जाशील शाहले वरिष्ठ चाटर्ड एकाउन्टेन्ट, एमबिएसम्मको अध्ययन गरेका छन्। 
Machhapuchchhre Bank ad

सीईओ शाह फिलिपिन्समा सचिवालय रहेको विकासशील देशहरूको बीमा तथा पुनर्बिमा सङ्घको अध्यक्ष समेत रहेका छन् । शाह नेपाल व्यवस्थापन सङ्घबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा र अन्य क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ ।

शाह देशमा कार्यरत बीमा कम्पनीहरूको साझा सङ्गठन नेपाल बीमक सङ्घलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष समेत भएका थिए । शाह बीमाका ज्ञाता र बीमाको बारेमा देश तथा विदेशमा जागरण ल्याउने व्यक्ति हुन् ।  शाहले बीमाका बारेमा विभिन्न देशी, विदेशी सङ्घ, संस्था, दातृनिकायसमेत सुझाव सल्लाह दिँदै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports