विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पयॅटन मन्त्री आले बिरूद्ध अपहेलना मुद्दा दायर

832
shares

पर्यटन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले पर्यटनमन्त्री आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका हुन् ।

रेग्मी र जीवन घिमिरेले मन्त्री आलेसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ । रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरु पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, ङावाङिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छमन्त्री आलेले सार्वजनिक रुपमै आफूलाई विभिन्न आरोप लगाएको र बोर्डको वार्षिकोत्सव कार्यक्रममा बोलेको विषयले अदालतको मर्यादामा समेत आँच पुगेको रेग्मीले दायर गरेको अपहेलना मुद्धामा उल्लेख गरिएको छ ।

oil ad long

यसअघि सीइओ रेग्मीले आफूलाई निलम्बन गर्ने मन्त्री आलेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसमा अदालतले पुस ४ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश समेत दिएको थियो । रेग्मीले अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टिकरण सोधेको भन्दै मंगलबार मुद्दा दर्ता गरेका हुन् ।

रेग्मीले अदालतको आदेश पालना नगरी आफूलाई स्पष्टिकरण सोधिएको र यसले अदालतको अपहेलना भएको समेत दाबी गरेका छन् । मन्त्री आले र कार्यकारी अधिकृत रेग्मीबीच लामो समयदेखि विवाद चल्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports