kumari
stcnepal

बेलायतकी महारानीको लोकतन्त्र

 

काठमाडौं । हालै बेलायतमा राज्यारोहणको ७०औं वर्षगाँठ मनाइयो । सो अवसरमा महारानीले देशवासीलाई लिखित सन्देश जारी गरिन् । उक्त लिखित सन्देशमा महारानी एलिजावेथ द्वितीयाले सन्देशको बिट मार्दै लेखेकी थिइन्– ‘तपाईहरुको सेवक’ ।
राज्यारोहणको ७० वर्ष पूरा भएको अवसरमा देशवासीलाई अस्ति दिएको लिखित सन्देशमा दस्तखत गर्दा महारानी एलिजाबेथ द्वितीयाले पहिले ‘तपाईंहरूको सेवक’ ‘योर सर्भेन्ट भनेकी थिइन् ।
यो हो राजनेताले लेख्ने भाषा । यसकारण बेलायतमा संविधान चांिहंदैन किनकि सबै लोकलज्जा र नैतिकतामा बस्छन् । राजनीतिक पार्टीका नेताहरु र प्रशासकहरु पनि आफ्नो हैसियतमा रहन्छन् । सुशासन कसरी कायम हुन्छ भन्ने यो ताजा उदाहरण हो । सबैले महारानीको अदवमा बसेका छन् । जबकि महारानीलाई कुनै पनि अधिकारी छैन । तर महारानीको यो व्यवहारले हरेक नेतृत्वलाई जनताप्रतिको जवाफदेहीता लिन र हुन प्रेरित गरिरहेको छ ।
नेपालमा त चुनाव जित्नेबित्तिकै नेता महाराजा बन्छ, सामन्त हुन्छ । र, संविधान कुल्चेर मनलागी गर्छन् । यस्तो देशमा कसरी विधिको शासन र जनताप्रति जिम्मेवारी कायम हुन्छ र ? देश लथालिङ्ग हुनुको मुख्य कारण नेतृत्व छाडा साँढेजस्तो भएर हो ।

 

footer