kumari
stcnepal

मौलिक लोक बाजा प्रशिक्षण सुरु

 

सर्लाही । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनुभयो ।
चेतना सन्देश नेपालको स्थानीय व्यावस्थापनमा हरिवन ५, स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एवं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले कार्यक्रममा यस प्रकारको मधेसको पहिचान ढोलकसंगै मादलको संयोजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक संस्थाप्रति आभार ब्यक्त गर्नुभयो । प्रदेश सदस्य माननीयद्वयबाट यस किसिमको प्रशिक्षण मधेस प्रदेशमा संचालन गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै आवश्यक सहयोग गर्ने वचन दिनुभएको थियो ।
साँस्कृतिक संस्थानका पुर्ब महाप्रबन्धक राजेश थापाले प्रत्येक विद्यालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिनुभएको थियो । नेपाली मौलिक संगीत बिश्व स्तरीय बनाउन निरन्तर रुपमा सैद्धान्तिक र व्याबहारिक पक्षबाट दक्ष बाध्य बादक प्रसस्त रुपमा उत्पादन गर्नु पर्छ । त्यसको लागि निरन्तर गाउँ स्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत बिभाग प्रमुख प्राज्ञ अशोक राईले भन्नु भयो ।
कार्यक्रममा सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले, चन्द्रलाल केप्छाकी लगायतले मन्तव्य राख्नु भएको थियोे । प्रशिक्षण माघ २५ बाट फागुन ५ सम्म बरिष्ठ ताल बाध्यबाधक भरत बुढाथोकीले प्रशिक्षण दिनु हुने छ ।

 

footer