सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आठ सचिवको सरूवा, को कहाँ नामावली सहित

520
shares

सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकले उनीहरूको सरुवा गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्तमा पठाइएको छ ।

kumari

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलियाको सरुवा गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई सरकारले खानेपानी मन्त्रालयमा सरुवा गरेको छ । यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports