राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने
वि.सं.२०७८ माघ २७ बिहीवार १८:१०
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबारका लागि बोलाउने निर्णय समेत बैठकले गरेको छ।




































