linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य बढ्यो बढेको मूल्य, आज देखी लागु हुने

221
shares

काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आज (सोमबार)देखि लागू भएको छ ।

निगमले पेट्रोल, डिजेल/मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।त्यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports