सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याज बढाउन बैंकहरुलाई दियो दबाव

533
shares

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याज बढाउन बैंकहरुलाई दबाव दिएको छ। केन्द्रिय बैंकको दबावमा बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले ब्याजदर सीमा यसअघिको बाट एक प्रतिशत विन्‍दुले बढाएको छ।

संघको शुक्रबारको बैठकले फागुनका लागि बैंकहरुले प्रकाशित गर्न सक्ने अधिकतम ब्याजदर तोकेको हो। मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११.०३% र संस्थागतमा त्यसको एक प्रतिशत कम अर्थात् १०.०३% अधिकतम ब्याजको सीमा संघले फागुनका लागि तय गरेको छ।

यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०३% थियो।

यस्तै, बचत निक्षेपमा व्यक्तिगत मुद्दतीको ५% कम (६.०५%) र कल डिपोजिटमा ३.०१५% सीमा तोकेको बैंकर्स संघ स्रोतले बताएको छ।अन्य ब्याज दर राष्ट्र बैंकको सर्कुलर अनुसार हुने जनाइएको छ।

बैंकिङ प्रणालीमा गहिरिएको तरलता संकटमा खासै सुधार नआएपछि निक्षेप आकर्षित गर्नका लागि बैंकहरुलाई ब्याज बढाउन राष्ट्र बैंकले दबाव दिएको हो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports