सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामी प्रतिपक्षीको भूमिका निर्वाह गर्न चाहान्छौ तर सरकारले दिएन : अध्यक्ष ओली

572
shares

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद‍्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले आफूहरू संसद‍्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद‍् चलाउने वातावरण नबनाएको टिप्पणी गरे ।‘संसद भेन्टिलेटरमा छ, जिउँदै छैन भनौं भने जिउँदै छ । ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद निरर्थक बनाएर राखिएको छ’ उनले भने ।

Machhapuchchhre Bank ad

गत भदौदेखि नेकपा एमालेले संसद‍् बैठक लगातार अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको बताए ।

‘सभामुख पार्टी फोड्ने षड्यन्त्रमा सहभागी हुन्छन्, आफ्नो कर्तव्य पालना गर्दैनन्, प्रतिपक्षी दलविरुद्धको मोर्चाबन्दीमा सामेल हुन्छन् । हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । पदीय मर्यादा ख्याल राख्दैनन्’ उनले भने ।

आफूहरू संसद‍्मा सहभागी भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न इच्छुक भए पनि सरकारले अवसर नदिएको अध्यक्ष ओलीले बताए । ‘हामी संसद‍्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ उनले भने ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports