२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच ६ बुदेँ सहमति

481
shares

काठमाडौं । बागमती प्रदेश सरकारबारे तीन दलबीच ६ बुँदे सहमति भएको छ। एमाले, नेकपा र राप्रपाबीच सरकार सञ्चालनबारे सहमति भएको हो ।

सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन् ।सहमति पत्रमा दलीय हैसियतको आधारमा साबिक ८ मन्त्रालय नबढाउने गरी भागबन्डा गर्ने, सभामुख नेकपाबाट निर्वाचित गरिने उल्लेख छ ।

सरकार सञ्चालनबारे ७ दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने,नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने, मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको तर्फबाट रहने उल्लेख छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports