२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगर ८३ रनमा अलआउट

52
shares

काठमाडौं । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् । आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गरे ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports