कस्तो रहला आज शुक्रबारको मौसम : यी प्रदेशमा हल्का बर्षाको सम्भावना
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ०८:१६
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
यस्तै, तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।



































