२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवाको बाढीका कारण हाल सम्म १५७ जनाको निधन

377
shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । नुवाकोटमा ६ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ ।

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठजनाको शव भेटिएको छ ।प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एकजनाको शव भेटिएको छ ।

नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चारजनाको शव भेटिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports