रसुवा बाढी पिडितका लागि भारतले पठायो १० टन मानविय सहायता सामग्री
वि.सं.२०८३ भदौ ११ बिहीवार ०९:५३
shares

काठमाडौं । भारत सरकारले रसुवा बाढी पीडितका लागि १० टन मानवीय सहायता सामग्री पठाएको छ ।
बाढी प्रभावित नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको भारतीय विदेशमन्त्री एस जयशंकरले जनाएका छन् । उनले सहायता सामग्री पठाएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
यस्तै, भारतले बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सद्भाव जनाएको छ ।विदेशमन्त्री जयशंकरले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा भारत रहेको पनि उल्लेख गरेका छन् ।





































