२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी विदेशमन्त्रीले भने : बाढीको घटनामा दु:ख, मानवीय सहयता गर्न तयार छौ

585
shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्। उनले आफ्नो सन्देशमा भनेका छन्, ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ।’

उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports