२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम

156
shares

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ ।

बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो ।

ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम देखिएको उक्त सूचनामा उल्लेख छ ।अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports