२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध : सभापति लामिछाने

208
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।‘हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु हुन्छन् र अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्,’ उनले भने ।

तीन वटै देशका संस्थाहरूमा आउने परिवर्तनको गतिभन्दा हिमालय क्षेत्रमा भइरहेको परिवर्तनको गति तीव्र रहेको लामिछानेले बताए ।‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्व सूचना प्रणाली विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न सहकार्य गरौं’, उनले भने,‘जलवायु परिवर्तन भइसकेको हुनाले, हामीले यसअनुकूल योजना बनाउनैपर्छ ।’

हिमनदी पग्लने वा हिउँ खस्ने प्रक्रियालाई रोक्न नसके पनि यसबाट अचानक पर्नसक्ने विपद्लाई कम गर्न सक्ने उनले बताए ।रसुवामा आएको विनाशकारी बाढीका कारण सिंगो देश शोकमा डुबेको पनि उनले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports