यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री, मन्त्रीहरु र सांसदमाथि जनताको प्रश्न

598
shares

 

यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको ठुलो नोक्सान भएको छ । हप्तादिन भन्दा बढी भएपनि सरकारले पिडितलाई उचित अस्थायी व्यवस्थापन सम्म गर्न सकेको छैन । रसुवाको वेत्रावतीलगायतका क्षेत्रहरु खण्डहर भएका छन् । बाढी पहिरोले गर्दा मुलुकको कुल बजेटको झण्डै २० प्रतिशत नोक्सान भएको अनुमान गरिएका छ भने करिब सात अर्ब देखि १० खर्ब सम्मको भौतिक नोक्सान भएको छ । ठुलो संख्यााम जनताले ज्यान गुमाउनु परेको दुःखद अवस्थामा हामी नेपाली रहेका छौँ ।
अहिले मुलुकमा रास्वपा नेतृत्वको बालेन सरकार रहेको छ । बाढी पिडितहरुलाई जनताले आफ्नो गाँस कटाएर गच्छेनुसारको सहयोग गरिरहेका भएपनि प्रधानमन्त्री बालेन र उनको नेतृत्वको सरकारका मन्त्रीहरुले पाउने तलब एक महिनाको प्रधानमन्त्री उद्दार कोषमा जम्मा गर्ने उद्घोष गरेका छन् । बालेन सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा दुई सय तोला सुन सम्म रहेका, काठमाडौभित्र २÷३ वटा घर र बैँकमा करोडौँ रुपैँया रहेको देखाउने मन्त्रीहरुले आफ्नो निजी सम्पत्तिबाट बाढी पिडितलाई १ पैसासम्म सहयोग गर्ने उद्घोष नगर्नुले सरकारले बाढी पिडित जनतालाई सहयोग गर्न अपिल गर्नुको कुनै अर्थ रहँदैन ।

जनताले आफूले खाइनखाई सञ्चि गरेको थोरै रकमबाट पनि बाढी पिडित नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई सक्दो सहयोग गरिरहेका छन् तर प्रधानमन्त्री देखि लिएर मन्त्रीहरु सांसदहरु उच्च तहका कर्मचारीहरु लगायतले व्यक्तिगत सम्पत्तिबाट सहयोग गर्ने उद्घोष गर्न नसकेकाले जनतामा एक प्रकारको आक्रोश उब्जिएको छ । के प्रधानमन्त्री र मन्त्री अनि सांसदहरुको आफ्नो व्यक्तिगत सम्पत्ति छैन÷थिएन भने किन करोडौँ रुपैँया बैँकमा रहेको काठमाडौ उपत्यकाभित्र २÷३ वटा घर रहेको र २०० तोलासम्म सुन आफूहरुसँग रहेको सम्पत्ति विवरण सार्वजनिक गरेत भन्ने प्रश्न समेत उब्जिएको छ ।त्यसबेला आफूसँग नभएको सम्पत्ति विवरण सार्वजनिक गर्नु भनेको भ्रष्टाचार गरेर कमाउँछौँ भन्ने खोज्नु नै हो । उनीहरुले आफूहरुको सम्पत्ति त्यति भएका भए किन आफ्नो सम्पत्तिबाट केही रकम बाढी पिडितहरुलाई दिएनन् र एक महिनाको तलब मात्र दिने भनेर उदघोष गरे त भन्ने प्रश्न समेत अहिले उठेको छ ।
बाढी पिडित भएका जनतालाई सहयोग गर्नु नेपाली जनताको धर्म र कर्तव्य नै हो । नेपाली जनताले आफ्नो दाजुभाई दिदिबहिनी, आमाबुवामाथि जहिलेपनि अप्ठ्यारो पर्दा सक्दो सहयोग गर्दै आएको इतिहास साँक्षी रहेको छ । चाहे त्यो २०७२ सालको भुइचालो होस्, चाहे त्यसअघि भउका कतिपय संकटपूर्ण अवस्थामा होस् । जनताले आफूले गाँस कटाएर आफ्ना दाजुभाई दिदिबहिनीलाई गरेको सहयोगमाथि समेत भ्रष्टाचार हुने गरेको इतिहास साक्षी रहेकाले अहिले त्यस्तो नहोस् भनि हामी बालेन सरकारसँग आग्रह गर्दछौँ । समस्यामा परेका बेला समाजका केही तत्वलहरुले फाइदा उठाउन सक्ने भएकाले त्यसतर्फ पनि सरकार र जनताको ध्यान जानु आवश्यक रहेको छ । विपद्को बेला कालाबजारीहरुले समेत फाइदा लिन सक्ने भएकाले रसुवा, चितवन, धादिङ, नुवाकोट, गोर्खा र तनहुँ प्रशासनले कडा रुपमा अनुगमन गरी अप्ठरोको फाइदा लिनेहरुलाई कडा कारबाही गनुपर्ने आवश्यकता देखिन्छ ।
बालेन सरकारले पहिला नै विदेशी उद्दारकर्मीहरुलाई नेपाल आउने अनुमति दिएको भए समस्याका केही कमी आउन सक्ने अवस्था रहेको थियो । नेपालमा दैवी विपत्तिको बेला सुरुङमार्ग भित्र पसेर उद्दार गर्न सक्ने जनशक्ति कम भएकाले गर्दा सुरुङमार्गभित्र पसेर उद्दार गर्न सक्ने जनशक्ति र प्राविधिकरुलाई बेलैमा अनुमति दिनुपर्नेमा सरकार चुकेको छ । हाम्रो सुरक्षा निकायहरुबाट मात्र प्रर्याप्त मात्रामा यति ठुलो संकटको बेला समयमै उद्दार हुन सक्ने अवस्था थिएन । हाम्रो सुरक्षाकर्मीहरुले प्राणको बाजी लगाएर जनताको उद्दार र सेवा गरिरहेका भएपनि घटना ठुलो र व्यापक क्षति भएकाले प्रर्याप्त सहयोग पाउन सकेको थिएन, त्यसै कारणले गर्दा पहिला बालेन सरकार चुकेका भएपनि पछिल्लो समयमा उद्दारका लागि विदेशी उद्दारकर्मीहरुलाई उद्दार गर्ने अनुमति दिएको छ । यस्तो दैवी प्रकोपको बेला यो र त्यो पार्टी भन्न छाडेर मानवीयताको लागि सबैले सक्दो सहयोग गरौँ भन्ने हाम्रो आग्रह रहेको छ । बाढी पिडित भएर ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना हामी गर्दछौ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports