भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज तीज, पशुपतिनाथमा यस्तो छ दर्शनको लागि व्यबस्था

156
shares

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।तीजका अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा दर्शन मार्गको व्यवस्था गरेको छ ।जसअनुसार मित्रपार्कतर्फबाट आउने भक्तजनका लागि मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।

जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग, दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिइन् ।सिनामङ्गल र विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको ¥याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने व्यवस्था गरिएको छ ।

पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोकाअघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।यसअनुसार मन्दिर बाहिर पाँच वटा लाइन रहेका छन् भने मन्दिर परिसर प्रवेश गरेपछि आठ वटा लाइनमा विभाजन गरिएको छ । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्नसक्ने गरी मूल मन्दिर परिसरमा व्यवस्था मिलाइएको छ ।

भक्तजनले बढीमा दुई घण्टामा दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिएको छ । सामान्यतया आधा घण्टामा दर्शन गरिसक्ने गरी स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको कोषले जनाएको छ ।तीज पर्वलाई ध्यानमा राख्दै नेपाल प्रहरीसँगको समन्वयमा शनिबारदेखि नै सादा पोशाकका प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ ।यसैगरी पशुपतिमा दर्शन गर्न आउने भक्तजनका सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।

सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायका सवारीलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था गरिएको छ । अन्य सवारीका लागि तोकिएका स्थलमा पार्किङको प्रबन्ध मिलाइएको छ ।जुत्ताचप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडा मुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मती पारि राममन्दिरको मुनिलगायत स्थान छुट्याइएको छ ।

नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी र मित्रपार्क तोकिएको छ । सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ । तीजका अवसरमा बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ । हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports