नेपाली काग्रेसको १४ औ महाधिवेशनका केन्द्रीय सदस्यहरू १५ औ महाधिवेशन आयोजक समितिमा राखिने निर्णय
वि.सं.२०८३ भदौ २९ सोमवार ०९:२५
shares

काठमाडौँ – नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशन जाने निर्णय गरेको छ।
आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समावेश गर्ने निर्णय गरेको हो। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिप्रति पूर्वसभापति शेरबहादुर देउवा पक्षले असहमति राख्दै समानान्तर रुपमा १५औँ महाविधेशन गर्ने तयारी गरेका बेला पूर्वकार्यसमितिलाई पनि आयोजक समितिमा समावेश गर्ने निर्णय गरेको हो।
बैठकअघि नेता चन्द्र भण्डारीले महाधिवेशन आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने दाबी गरेका थिए।




































