२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसमा निर्वाचनका बेला टिकट बाडँने अधिकार निर्वाचन ब्युरोलाई दिईने

221
shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणका लागि नयाँ संरचना बनाउने भएको छ ।

सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा निर्वाचन ब्युरोको परिकल्पना गरिएको छ । ब्युरोले निर्वाचन लड्ने उमेदवारहरूलाई टिकट दिने थापाले बताएका छन् ।राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले भने, “योभन्दा पहिला टिकट कसरी दिइन्थ्यो, त्यतातिर नजाउँ । अब, त्यस्तो हुँदैन । ७५३ स्थानीय तहमा एक सय बढीमा महिलालाई प्रमुख पदमा उठाउँछौँ ।”

उनले पैसाले टिकट किन्ने कुरा पनि रोकिने बताए । “पैसाले टिकट किन्ने कुरा पूर्ण रूपमा रोक्छौँ । टिकट लिन एक रुपैयाँ लाग्दैन,” थापाले भने, “क्रियाशील सदस्यहरूको विवरण हाम्रो प्रणालीमा छ । हामीले अध्यावधिक गर्दा, टिकट वितरणमा आन्तरिक मतदान हुन्छ ।”नेपाली कांग्रेसबाट स्थानीय तहमा उमेदवारी दिनेहरूले पार्टीका क्रियाशील सदस्य तथा शुभचिन्तकबाट सुरुमै अनुबन्धित हुनुपर्ने भएको छ । निर्वाचन ब्युरोले उमेदवारीको पहिचान र निर्वाचनसँग सम्बन्धित तयारी गर्ने थापाले बताएका छन् ।

नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरूलाई नीति तथा बजेट निर्माणमा सहयोग गरिने भएको छ । थापाको राजनीतिक प्रतिवेदनमा ‘गभर्नेन्स इन्स्टिच्युट’को परिकल्पना गरिएको छ ।नेतृत्व क्षमता विकासका लागि नेतृत्व प्रतिष्ठान, नीतिगत विकल्प तयारीका लागि नीति प्रतिष्ठान गठन गरिने थापाले बताए । जनप्रतिनिधिहरूलाई नीति, बजेट र सेवामा सहयोग गर्न गभर्नेन्स इन्स्टिच्युट गठन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गभर्नेन्स इन्स्टिच्युटले सरकारमा रहँदा प्रोजेक्ट गभर्नमेन्टअन्तर्गत प्राथमिकता, कार्यक्रम र कार्यसम्पादनको तयारी तथा अनुमान गर्नेछ ।प्रतिपक्षमा रहेको समयमा विधायन, सरकारी नीति र खर्चको परीक्षा, नागरिक प्रश्न तथा वैकल्पिक प्रस्तावमा सहयोग गर्ने उल्लेख गरिएको छ । अध्ययन, तयारी, कार्यान्वयनको समीक्षा र क्षमता विकासमा निरन्तर सहयोग गर्ने थापाको प्रतिवेदनमा भनिएको छ ।

नेपाली कांग्रेसका कियाशील सदस्य नभएका व्याक्तिले पनि आफ्नो अनुभव, प्रश्न वा सुझाव राख्न भौतिक र डिजिटल नागरिक संवाद मञ्च निर्माण गर्ने थापाको प्रतिवेदनमा भनिएको छ ।प्रतिवेदनमा नीति प्रतिष्ठान, गभर्नेन्स इन्स्टिच्युट र नेतृत्व प्रतिष्ठानसँग मञ्चलाई जोड्ने उल्लेख छ ।

कांग्रेसले आन्तरिक मतदानबाट उमेदवार छनौट, नागरिकका प्रश्न, सदस्यता, बैठक, निर्णय, कार्यक्रम वित्त, परामर्श र मूल्यांकनलगायत विषयमा डिजिटलमा जोड दिने भएको छ । १५औँ महाधिवेशनमा सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदनमा डिजिटल प्रणाली विकास गर्ने भनिएको छ । व्यक्तिगत सूचनाको सुरक्षा र डिजिटल पहुँचमा नभएकाहरूलाई समेत समान विकल्प दिने भनिएको छ ।

प्रविधिले प्रक्रिया सरल र जिम्मेवारी स्पष्ट बनाउने र निर्णय उत्तरदायित्व सम्बन्धित निकायमै रहने भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports