२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज मङ्गलबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

156
shares

काठमाडौं । लगातार चार दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा छ ।असोज १६ गतेदेखि १९ गतेसम्म अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण थियो ।आज युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ पनि घटेको छ ।

आज युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो ।आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो ।राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्र्यांकको एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा थियो ।

अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ भने आज बढेको छ ।आज अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो ।आज क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा थियो ।

आज सिङ्गापुर डलरको भाउ सामान्य घटेको छ । आज सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ । हिजो सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports