कांग्रेस अधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने
वि.सं.२०८३ असोज २२ बिहीवार १६:१२
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।
समयमै मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको छ। निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाएको छ।



































