२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज शुक्रवारको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना

260
shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली भू–भाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाँउमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भू–भाग साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports