त्रिविको बजेट ३० अर्ब ८७ करोड
वि.सं.२०८३ असोज २३ शुक्रवार ०८:४५
shares
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ।
बिहीबार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो।सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार शिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्ताव गरेका थिए।
सरकारले चालु आर्थिक वर्षको ७ अर्ब ३१ करोड रुपैपाँ त्रिभुवन विश्वविद्यालयलाई अनुदानका रुपमा दिएको छ। रजिस्ट्रार शिवाकोटीले सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेका कारण करिब ८ अर्ब ३१ करोड रुपैयाँ अपुग हुने बताए।उनले अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शीर्षकअन्तर्गत खर्चसमेत व्यहोर्न नसकिने अवस्था सरकारलाई जानकारी गराइसकेको बताए।




































