२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुला रहने

169
shares

काठमाडौँ। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुला रहने भएको छ । अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि केही दिनबाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको हो ।

अदालतका अनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ । दशैं बिदामा अदालतबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन गर्ने र सोही क्रममा उपस्थित अभियुक्तको म्याद थप गर्ने सेवा उपलब्ध हुनेछ ।

त्यस्तै, कल डिटेल्स (सीडीआर) को अनुमति प्रदान गर्ने, पक्राउ अनुमति दिने, धरौटी दाखिला गर्न नसकी थुनामा राख्न पठाइएका प्रतिवादीले धरौटी रकम दाखिला गर्न ल्याएमा बुझिलिने तथा फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्ने भएमा जरिवाना रकम बुझिलिने सेवा पनि प्रवाह गरिने अदालतले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports