२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भै रहेको छ: परराष्ट्र मन्त्रालय

169
shares

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे गृहकार्य भइरहेको तर मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले गृहकार्य भइरहेको जानकारी दिए। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ।

‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइरहेको छैन।’यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेन्डा तय गरिरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेन्डामाथि काम गरिरहेको समेत उनले जानकारी दिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports