कांग्रेस महाधिवेशन : समय पुन: बढाएर साँझ ७ बजेसम्म
वि.सं.२०८३ असोज २३ शुक्रवार १७:०९
shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो । अहिले उक्त समय पुन: बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए ।




































