२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको स्थायी कमिटी बैठक लम्बियो

169
shares

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ ।

बिहीबार सुरु भएको बैठकमा शुक्रबार विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल भएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका स्थायी कमिटी र केन्द्रीय कमिटी लगायत मनोनयन सदस्यका थप नाममा नेताहरूले असन्तुष्टि जनाएपछि पुन छलफल गरेर निर्णयमा पुग्ने गरी बैठक स्थगित गरिएको हो । एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य मनोनयन तथा विभागसहित विभिन्न पार्टी कमिटीलाई पूर्णता दिन बाँकी छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार शुक्रबारको बैठकमा अध्यक्ष ओलीले विभिन्न कमिटीमा प्रस्ताव गरेका नाममा सहमति जुट्न नसकेपछि बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports