थप घट्यो अमेरिकी डलरको मूल्य : यस्तो छ आज बुधबारको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ असोज २८ बुधवार ०९:३३
shares

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको विनिमयदर उच्च दरमा घटेको छ। हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो।आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा थियो।आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६रुपैयाँ ५२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा थियो।त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा थियो।आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।





































