नेपाल क्यानडासँग २४ रनले पराजित
वि.सं.२०८३ असोज ३१ शनिवार १९:००
shares

काठमाडौं । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भएको हो । ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका बावजुतका पनि नेपाल २४ बल अगावै अलआउट भएको हो । सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।
अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । लिग २ को शिर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ । यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपाल २०२७ को वानडे विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको छ । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ क्वालिफायरको सहारा लिनुपर्नेछ ।


































