२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनकोशीमा सुमो खस्दा निधन भएका र वेपत्ता भएका सबैको परिचय खुल्यो

325
shares

आइतबार काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोसी नदीमा खस्दा मृत्यु भएका तीन जना र बेपत्ताहरूको पहिचान खुलेको छ।

दुर्घटनामा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको हो।लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्थिन्। यस्तै स्वस्तिका काठमाडौँमा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी गरिरहेकी थिइन्।

आइतबार बिहान २:३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।यस्तै दुर्घटनाका क्रममा नदीमा खसेका ३ जना अझै भेटिएका छैनन्।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता भएकामा लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन्।दुर्घटनामा ४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका हुन्।प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने सम्झनाको अवस्था गम्भीर छ।

सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घाइते शिवानी र अङ्कितको भने सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।

काठमाडौँबाट शनिबार करिब ११ बजे प्रस्थान गरेको सुमोमा चालकसहित १० जना थिए।सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports