सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सॅबदलिय भनेको बैठक औपचारिकतामा सिमित, एमालेले बहिस्कार गरेका कारण

416
shares

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्ने बिषयमा साझा धारणा बनाउने उद्देश्यले सभामुख अग्नि सापकोटाले बोलाएको सर्बदलीय बैठक ठोस निर्णय बिनै सम्पन्न भएको छ।

प्रमुख बिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको सो बैठकलाई सत्तारुढ दल जसपाले पनि उतिसारो महत्व दिएको देखिएन। बैठकमा उपस्थित भएपनि जसपा अध्यक्ष उपेन्द्र यादवले यस बिषयमा आफ्नो धारणा नराखी बाहिरिएका थिए। बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीबारे धारणा राखेका थिए।

kumari

‘आजको बैठक सहमति विकास गरेर अघि बढ्ने भन्ने कुरा भएको छ। प्रचण्ड र माधव कमरेडले एमसिसीबारे हाम्रो आफ्नो मान्यता छ। तर कसरी हुन्छ छलफल गरौं भन्नेमा हामी छौं भन्नुभयो,’ श्रेष्ठले भने। एमसिसीबारे अहिले नै टुंगो नभए पनि संसदमा अघि बढाउने बारे छलफल गर्ने वातावरण बनेको उनले बताए।

सोमबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि संवाददाताहरू सँग कुरा गर्दै सभामुख सापकोटाले आफू अम्पायरको भूमिकामा रहेकाले दलहरू बीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने प्रतिक्रिया दिए।

आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भएपछि यसको प्रक्रिया अघि बढ्ने उनले बताएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports