गोरखाको चित्रेपोखरीमा ग्लोबल आईएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर विस्तार
वि.सं.२०७८ फागुन २ सोमवार २०:१८
shares

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाँउपालिका–५ स्थित चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
बैंकको ५० औँ एक्सटेन्सन काउण्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य रामजी रेग्मीले गरेका छन् ।
“सबैका लागि बैंक”भन्ने नाराका साथ २७ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवाप्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८५० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।





































