kumari
stcnepal

 प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढ्यो

आज मंगलबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७०३ विन्दुमा पुगेको छ । आइतबार सतहले घटेको नेप्से सोमबार भने यथावत रहेको थियो । बैंकहरूले ब्याजदर बढाएपछि त्यसको प्रभाव बजारमा परेको धेरैको अनुमान छ ।

आज यो सेसनमा १५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको भने घटेको छ । साथै बाँकी कम्पनीको यथावत रहेको छ । १६ लाख माथिको शेयर किनबेच हुँदा नेशनल जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।

जलविद्युत उपसूचक सबै भन्दा धेरै बढ्दा अन्य सूचकहरू पनि सामान्य वृद्धि भएका छन

 

 

 

footer