kumari
stcnepal

नेप्से परिसूचक ५३ अंकले बढ्यो तर कारोबार रकम न्युन

आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ३० अ.कले बढेको छ तर कारोबार रकम भने न्युन रहेको छ । आज नेप्से २,७५४ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ४ प्रतिशतले बढेका छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ६३ करोड ४३ लाख २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३८ रुपैयाँ कायम भएको छ ।

footer