सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुखको राजिनामा माग गर्दै सडकमा युवा संघको प्रदर्शन

520
shares

 

काठमाडौं । प्रतिनिसधासभाको बैठकको जनाउ घण्टी बज्छ । अनि बज्छ राष्ट्रिय धुन । त्यो सकिएपछि ‘सभामुख’ सभा सुचारु गर्ने प्रयास गर्छन् । विरोधमा ‘सांसद’हरू जर्‍याक जुरुक उठ्छन् । अनि, नाराबाजी सुरु गर्छन् ।
साँच्चैको प्रतिनिसधसभाको दृश्य नभइ यो एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको सांकेतिक विरोध स्वरूप व्यंग्यात्मक ‘सडक संसद’ को दृश्य हो ।
बानेश्वरस्थित संसद भवनअघि सधैँजसो विरोध प्रदर्शन भइरहने सडकमा मंगलबार नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले सञ्चालन गरेको ‘सडक संसद’ पनि अवरुद्ध भयो ।

आफ्नो दल विभाजनको सहयोगी बनेको भन्दै एमालेले साँच्चैको प्रतिनिधिसभाको बैठक पनि लामो समयदेखि अवरोध गरिरहेको छ ।
सडक संसदमा पनि साँच्चैको संसदमा झैं लागेजस्तै नारा लागे ‘गैर सांसदलाई संसदमा निषेध गर । पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर ।’
र, थप नयाँ नारा पनि सडक संसदमा लाग्यो ‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे । हत्यारा सभामुख राजीनामा दे ।’
प्रतिनिधिसभाको बैठकमा भने एमालेले सभामुखको राजीनामा र हत्यारा भनेर नारा भने लगाएको सुन्न पाइएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports