ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाए
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:५३
shares

काठमाडौँ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्रीसँगै दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बताएको छ । सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।
प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राजकीय भारत भ्रमणमा जाँदैछन् । उनले भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।




























