२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम

52
shares

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंसिर लागेयता हालसम्म सुन तोलामा २४ हजार ६ सय रुपैयाँ घटिसकेको छ । मंसिर १ मा तोलाको २ लाख ६७ हजार २ सय थियो । आज २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports