सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधिसभाको बैठक, होला त एमसीसी सम्झौता टेवल

442
shares

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ। तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने भएकाले सम्भावित कार्यसूची हेरफेर हुनसक्छ । त्यसैले बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्थाको बैठकलाई चासोका साथ हेरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports