linktrix Long Ad
Salt Trading Long Ad

संगीतकार तथा गायक बप्पी लहरीको निधन

780
shares

बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो।

दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए।

oil ad long

बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।

उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए। उनले ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीत बलिउडलाई दिएका छन्। उनले अन्तिम गीत सन् २०२० मा फिल्म ‘बागी ३ ’का लागि गाएका थिए।

बप्पी लहरीको जन्म सन् १९५२ नोभेन्बर २७ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports