माओबादी केन्द्र संसदीय दलको बैठकमा एमसीसीको बारेमा निणॅय हुने
वि.सं.२०७८ फागुन ४ बुधवार १०:५६
shares

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरू भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर अघि सुरू भएको हो।
आज बस्ने संसद बैठकमा पार्टीको भूमिकालगायतका विषयमा बैठकमा छलफल हुनेछ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्।प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।
माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी अघि नबढाउन भनिरहेको छ। ‘पार्टीको स्पष्ट धारणा छ कि चुनावछि सारौं कि राष्ट्रिय सहमति कायम गरौं। त्यो नभई एमसीसी अघि बढाउने कुरामा हाम्रो पार्टी छैन,’ एक नेताले भने।




































