तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माछापुच्छ्रे बैकमा दुई डीसीईओ र एक डिजिएम थपिए

546
shares

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा थापा र न्यौपाने तथा उप महाप्रबन्धक पदमा अर्याल नियुक्त भएका छन् । बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रबन्धक (डीजिएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको हो ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेसँग २ दशक भन्दा बढिको बैंकिङ्ग अनुभव रहेको छ । माछापुच्छ्रे बैंकमा लामो समय .सम्म उच्च व्यबस्थापन तहमा रहेर कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।

त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports