सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले आज ग्लोवल क्वालिफायरका लागि ओमान सग खेल्ने

481
shares

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।

समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमान सहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा छन् ।

क्वालिफायर ए बाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्य सहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ ।

क्वालिफायर अघि नेपालले ओमानमै चारदेशीय टी–२० सिरिज खेल्दै तयारी समेत गरेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई नै पराजित गरेको थियो । युएई र आयरल्याण्डसँग भने नेपाल पराजित भएको थियो । उक्त सिरिजमा नेपालले सकेसम्म सबैलाई अवसर दिंदै सही टिम छान्ने अवसरको रुपमा लिएको थियो । युवा कप्तान सन्दीप लामिछानेले नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको र विश्वकप खेल्नु सपना रहेको बताएका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले टिम राम्रो अवस्थामा रहेको र विश्वकपमा छनोट हुने आत्मविश्वास रहेको बताएका छन् । ओमानका कप्तान जिसानद मक्सुदले चारदेशीय सिरिजको अन्तिम खेलमा युएईलाई हराएपछि टिम मोटिभेट भएको बताएका छन् ।

नेपालबाट १७ खेलाडीको टिम ओमान गए पनि तीन खेलाडीलाई रिजर्भमा राख्दै ग्लोबल क्वालिफायरका लागि १४ खेलाडीको टोली घोषणा गरिएको छ । कुशल मल्ल, शाहब आलम र प्रदीप ऐरी रिजर्भमा छन् । यस्तै चोटका कारण करण केसीको स्थानमा गुलशन झालाई टिममा राखिएको छ ।

यस पटक टिममा धेरै युवा र नयाँ खेलाडी छन् । लोकेश बम, विवेक यादव र सागर ढकालले ओमानमै पुगेर डेब्यु गरे । गुलशनले टी–२० आईमा डेब्यु गर्न बाँकी छ । अहिले मुख्य सदस्यको रुपमा रहेका कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरीले गत बैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिजमार्फत टी–२०आईमा डेब्यु गरेका हुन् ।

सिनियर खेलाडीको रुपमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र जितेन्द्र मुखिया छन् । तीनै खेलाडीले सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेका थिए । शरद २०१९ पछि र जितेन्द्र ७ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन भएका हुन् ।

यस बाहेक कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र अविनाश बोहरा नियमित खेलिरहेका खेलाडी छन् । आजै क्यानडा र फिलिपिन्सबीचको खेल पनि ११ः४५ बजे नै सुरु हुनेछ । यस्तै समूह ‘बी’ मा रहेका आयरल्याण्ड र युएई तथा जर्मनी र बहराइनबीचको खेल पनि आजै ३ः४५ बजे सुरु हुनेछ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम टी–२० विश्वकपमा छनोट हुनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports