तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलित समूह बाट पहिलो सिडियो बनिन सीता परियार

585
shares

उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ ।

कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिइन् ।

दलित समुदायबाट पहिलो महिला सिडिओ हुन पाउँदा आफूलाई गर्व लागेको उनले बताइन् । ‘आफ्नो समुदायबाट पहिलो महिला सिडिओ हुन पाउनु गर्वको कुरा हो,’ उनले  भनिन्, ‘गृह मन्त्रालयले जुन जिम्मेवारी दिएको छ, त्यसलाई व्यावसायिक भएर तन, मन र ध्यान दिएर पूरा गर्ने प्रयास गर्नेछु ।’

त्यस्तै, गृृहले नुवाकोट, धनकुटा, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको पनि सरुवा गरेको छ । धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटमा सहसचिव नारायणप्रसाद रिसाल, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रूपमा पठाइएको छ । पाँच जिल्लाका सिडिओको नियमित सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका हुन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports