२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

52
shares

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले बिहान १० बजे मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि सरकार टिकाउनु मुख्य चुनौती बनेको छ । संवैधानिक व्यवस्थाअनुसार उनले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, अहिलेसम्म अन्य दलसँग सत्ता सहकार्यको सहमति जुट्न नसकेकाले विश्वासको मत प्राप्त गर्ने राजनीतिक आधार उनीसँग स्पष्ट देखिएको छैन । १०७ सदस्यीय मधेस प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनका लागि चार प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल कायम सदस्य संख्या १०३ छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्छ । जसपा नेपालसँग २८ प्रदेशसभा सदस्य रहे पनि एक सदस्य निलम्बनमा रहेकाले हाल २७ सदस्यको मात्रै समर्थन छ । यसअनुसार यादवलाई विश्वासको मत प्राप्त गर्न थप २६ सदस्यको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

यता नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूले भने आफूहरूसँग बहुमत पुग्ने प्रदेशसभा सदस्य संख्या रहेको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । उनीहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्नसमेत आग्रह गरेका थिए । तर, प्रदेश प्रमुखले उपधारा ९३० अनुसार सबैभन्दा ठुलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेसको सत्ता समीकरण नयाँ राजनीतिक मोडमा पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports